एमालेबाट निर्वाचित सुर्खेतको सिस्ता–४ का वडाअध्यक्ष ठकुरीले दिए राजीनामा

सुर्खेत । सुर्खेतको सिस्ता गाउँपालिका–४ का वडाअध्यक्ष वीरबहादुरसिंह ठकुरीले पदबाट राजीनामा दिएका छन् । बिहीबार २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका ठकुरीले पदबाट राजीनामा दिएका हुन् ।

ठकुरीले राजीनामा पत्रमा सिम्ता गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दको नेतृत्वशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले गाउँपालिकाको अध्यक्षको व्यक्तिगत मनोकांक्षाको प्रवृति, एकल निर्णय र झुटा आश्वासन दिने गैरजिम्मेवारपूर्ण व्यवहारहरु बढ्दै गएकाले आफूले सो नेतृत्वभित्र बसेर नागरिकलाई समावेशी सेवा दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

उनको राजीनामा २०८२ साल भाद्र २६ गतेदेखि लागू हुने गरी सिम्ता गाउँपालिका कार्यालयमा दर्ता भएको छ ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया