कर्णालीका तीन जिल्लामा मतगणना सुरु 

सुर्खेत । कर्णाली प्रदेशका केही जिल्लामा मात्र मतगणना सुरु भएको छ । हालसम्म कालिकोट, दैलेख–१ र जुम्लामा मतगणना सुरु भएको छ भने अन्य जिल्लामा मतगणना सुरु हुन बाँकी रहेको छ ।

निर्वाचन सम्पन्न भएपछि मतपेटिका संकलन, सुरक्षा व्यवस्थापन तथा सर्वदलीय बैठकको प्रक्रिया पूरा गर्नुपर्ने भएकाले अधिकांश जिल्लामा मतगणना सुरु हुन ढिलाइ भएको हो । निर्वाचन आयोग कर्णाली प्रदेशका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि अन्य जिल्लामा पनि मतगणना सुरु गरिने तयारी भइरहेको छ ।

मतगणना भइरहेका जिल्लामा सुरक्षा व्यवस्थासहित गणना प्रक्रिया अगाडि बढाइएको निर्वाचन आयोगले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया