सुर्खेत–२ मा कांग्रेसको सुरुवाती अग्रता पछि पार्दै एमालेले अग्रस्थानमा

सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेत–२ मा सुरुवाती अग्रता लिएको नेपाली कांग्रेसलाई पछि पार्दै नेकपा एमालेले अग्रस्थान कब्जा गरेको छ ।

हालसम्मको मतगणनामा नेकपा एमालेका कुलमणि देवकोटाले ३१५ मतसहित अग्रता लिएका छन् । नेपाली कांग्रेसका नारायण कोइरालाले २१७ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् । नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले १०६ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश सापकोटाले १२७ मत प्राप्त गरेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया