कर्णालीमा मतगणना जारी, सुर्खेत–१ मा कांग्रेस र सुर्खेत–२ मा रास्वपाको अग्रता

 सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा मतगणना जारी रहँदा प्रारम्भिक परिणाम आउन थालेका छन् । हालसम्मको मतगणनाअनुसार धेरै क्षेत्रमा पुराना दलले अग्रता कायम राखेका छन् भने सुर्खेत–२ मा रास्वपाले पनि प्रतिस्पर्धा तीव्र बनाएको छ ।

सुर्खेत–१ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्का ४ हजार ६६१ मतसहित अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ध्रुवकुमार शाही ३ हजार २९८ मतसहित दोस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह २ हजार ९१६ मतसहित तेस्रो स्थानमा रहेका छन् । यसैगरी नेपाली कम्युनिस्ट पार्टीका जीतबहादुर राना ले ३३६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रविकिरण हमाल ले १४० मत प्राप्त गरेका छन् ।

यस्तै, सुर्खेत–२ मा भने सुरुवातमा तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश सापकोटा ३ हजार ५६ मतसहित अग्रस्थानमा छन् । नेकपा एमालेका कुलमणि देवकोटा २ हजार ६६७ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका नारायण कोइराला २ हजार ४१८ मतसहित तेस्रो स्थानमा रहेका छन् । नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्ल ले १ हजार ३८४ मत प्राप्त गरेका छन् ।

दैलेख जिल्लामा जारी मतगणनाअनुसार दैलेख–१ मा नेपाली कांग्रेसकी बास्ना थापा ६ हजार १ मतसहित अग्रस्थानमा रहेकी छन् । नेकपा एमालेका रवीन्द्रराज शर्मा ५ हजार ३०६ मतसहित दोस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेत ४ हजार १९१ मतसहित तेस्रो स्थानमा रहेका छन् । नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापा ले ७०४ मत प्राप्त गरेका छन्।

दैलेख–२ मा नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल १ हजार ६५६ मतसहित अग्रस्थानमा रहेका छन् । नेपाली कांग्रेसका दिक्पालकुमार शाही १ हजार १८५ मतसहित दोस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका बखतबहादुर शाही ४४७ मतसहित तेस्रो स्थानमा छन् । नेपाली कम्युनिस्ट पार्टीका योगेन्द्रबहादुर शाही ले ३५७ मत प्राप्त गरेका छन् ।

कालीकोटमा नेपाल कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाही ६ हजार ८८३ मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई नेकपा एमालेका नगिन्द्र शाही ५ हजार ७०३ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसका हर्षबहादुर बम ४ हजार ८४२ मतसहित तेस्रो स्थानमा रहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का खड्गबहादुर विश्वकर्मा ले २ हजार ८९१ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपाने १ हजार ३४३ मतसहित पाँचौँ स्थानमा छन् ।

जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही २ हजार ६९१ मतसहित अग्रस्थानमा रहेका छन् । नेपाल कम्युनिस्ट पार्टीका नरेश भण्डारी १ हजार ३३ मतसहित दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसका दीपबहादुर शाही ६०५ मतसहित तेस्रो स्थानमा रहेका छन् भने नेकपा एमालेका शान्तिलाल महतले २८१ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी विनीता कठायतले ३६ मत प्राप्त गरेकी छन् ।

रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा १ हजार ६५९ मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा १ हजार ४०२ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसका राजु केसी ले ८५३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही ले ३२५ मत प्राप्त गरेका छन्। नेकपा एमालेका नन्दराम देवकोटा ले ३९ मत प्राप्त गरेका छन् ।

सल्यानमा नेपाली कम्युनिस्ट पार्टीका रमेशकुमार मल्ल १ हजार ८६ मतसहित अग्रस्थानमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्द ५०० मतसहित दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसका केशबहादुर विष्टले ४७४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका गुलाबगंज शाह ले ३२० मत प्राप्त गरेका छन् ।

यस्त,ै जाजरकोटमा नेपाली कांग्रेसका खड्कबहादुर बुढा २ हजार १६५ मतसहित अग्रस्थानमा रहेका छन ्। उनलाई नेकपा एमालेका डम्बरबहादुर सिंह १ हजार १९३ मतसहित पछ्याइरहेका छन्। नेपाली कम्युनिस्ट पार्टीका शक्तिबहादुर बस्नेत ७२१ मतसहित तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका राघव कार्की ले १४२ मत प्राप्त गरेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया