सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ को झिंगना नजिकैको जंगलमा एक युवतीको शव फेला परेको छ। मृतक गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीया प्रेमा ओली रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीका अनुसार डम्पिङ साइट नजिकैको खोल्सामा आइतबार बिहान ५ बजे तिर शव डुबेको अवस्थामा भेटिएको हो। खजुरी टिप्न गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार घटनाको थप अनुसन्धान जारी छ। घटनास्थलको प्रकृति हेर्दा हत्या गरिएको आशङ्का गरिएको प्रहरी नायब उपरीक्षक तथा कार्यालयका सूचना अधिकारी महेन्द्र जङ्ग बुढाथापाले जानकारी दिए। घटनाबारे थप अनुसन्धानका लागि बाँकेबाट तालिम प्राप्त कुकुरसमेत मगाइएको प्रहरीले जनाएको छ।
फ्याक्ट सञ्चार । २०८२ बैशाख २१ गते आइतवार