सुर्खेत । लागुऔषध नियन्त्रण सम्बन्धमा कानुन नै फितलो हुँदा समस्या निम्तिएको सरोकारहरु बताउछन् ।
लागूऔषध प्रयोगकर्ताहरुलाई फौजदारी मुद्दा/दण्डका विकल्पका बिषयमा सरोकारवालाहरुसङ्गको अन्तरक्रिया कार्यक्रममा यस्तो बताईएको हो ।
रिकभरिङ्ग नेपाल कर्णाली प्रदेशको आयोजना तथा उच्च बार इकाईसङ्गको सहकार्यमा लागूऔषध प्रयोगकर्ताहरुलाई फौजदारी मुद्दा/दण्डका विकल्पका बिषयमा सरोकारवालाहरुसङ्गको अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
लागुऔषध सम्बन्धि कानुन नै सबल नभएको साथै बनेका कानुन पनि कार्यान्वयनको पक्षमा असक्षम रहेको छलफलले निष्कर्ष निकालेको थियो ।
सचेतनामुलक कार्यक्रम गरेर परामर्श गरिरहदा केहि हद सम्म लागुऔषध प्रयोगकर्ताको संख्यामा कमि आएपनि ब्याक टु युज गर्नेहरुले गर्दा समस्या देखिएको समेत बताईएको छ ।
स्वास्थ्यमा अनेक समस्या देखिने मनोसामाजिक अपाङ्गताको शिकार हुने, समाजमा समेत नकारात्मक असर देखिने जस्ता समस्या हुने गर्दछन् ।
यो लागुऔषधको प्रयोज तथा ओसारपसार सामाजिक समस्याको रुपमा स्थापित भएकोले समाजबाटै यसलाई निराकरण गर्न सकिने उच्च बार ईकाईका अधिवक्ता दुर्गा सापकोटाले बताए ।
सामाजिक समस्याको रुपमा स्थापित भएको लागुऔषध प्रयोग तथा ओसारपसार कार्यलाई सबै सरोकारवाला लगाएत सम्पुर्ण नागरिक समाजहरु मिलेर सहकार्य गरेरे अघि बढ्नुपर्ने रिकभरिङ्ग नेपाल कर्णाली प्रदेशका अध्यक्ष ललिल भट्टराईको भनाई छ ।
फ्याक्ट सञ्चार । २०८१ असार २९ गते शुक्रवार