काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ।
बिहीबार मात्र प्रतितोला ५ हजार ७ सय रूपैयाँले बढेर १ लाख ८१ हजार १ सय रूपैयाँ पुगेको सुनको मूल्य आज थप ३ हजार ९ सय रूपैयाँले वृद्धि भई प्रतितोला १ लाख ८५ हजार रूपैयाँ पुगेको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ९ सय ५ रूपैयाँ मा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ५ रूपैयाँले बढी हो।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उच्च देखिएको छ। हाल सुन प्रति औँस ३ हजार २ सय ९ अमेरिकी डलर मा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माग उच्च हुँदा र अन्तर्राष्ट्रिय बजारमा पनि दर चढिरहेकोले मूल्य उकालो लागिरहेको हो।
फ्याक्ट सञ्चार । २०८१ चैत्र २८ गते शुक्रवार