सुर्खेत महिला जेसीजको अध्यक्षमा बस्याल सर्वसम्मत चयन

सुर्खेत । सुर्खेत महिला जेसीजको अध्यक्षमा कमला बस्याल देवकोटा सर्वसम्मत चयन भएकी छन् ।

शनिवार भएको सुर्खेत महिला जेसीजको १४ औं साधारणसभाबाट अध्यक्षमा बस्याल सर्वसम्मत चयन भएकी हुन् ।

महिला जेसीजको कार्यकारीणी उपाध्यक्षमा भावना रान र रमा आचार्य चयन भएका छन् ।
यस्तै, उपाध्यक्षमा भिमा शाही, कान्ति कार्की, सुमित्रा चौधारी र बसन्ती कार्की सर्वसम्मत निर्वाचित भएका छन् ।

महासचिव र कोषाध्यक्ष पद भने अध्यक्षले मनोनीत गर्ने समेत सुर्खेत महिला जेसीजले जनाएको छ ।

नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सीता भण्डारीको प्रमुख आतिथ्यता भएको साधारणसभामा संस्थापक अध्यक्ष जेसी सीमा चन्द लगायत सम्पुर्ण पूर्व अध्यक्षहरु र पदाधिकारीहरुको सहभागिता रहेकाे थियाे ।




फेसबुकबाट तपाईको प्रतिक्रिया