सुर्खेत । भारतमा जारी खो-खो विश्वकपमा नेपालको महिला टोलीले विजयी सुरूवात गरेको छ । नेपालको महिला टिमले पहिलो खेलमा भुटानलाई ९३-२४ ले हराएको हो ।
सरस्वती कठायतको कप्तानीमा रहेको महिला टोली नेपालले आजै अर्को खेलमा जर्मनीसँग खेल्ने छ । समूह सी मा नेपाल, भुटान, जर्मनीसँगै बंगलादेश र श्रीलंका छन् ।
पुरुषतर्फको पहिलो खेलमा भने नेपाल भारतसँग ४२-३७ ले पराजित भएको थियो ।
फ्याक्ट सञ्चार । २०८१ माघ १ गते मङ्गलवार