लोकतान्त्रिक खेलकुद संघ चिङ्गाडको अध्यक्षमा शिवराज राना

सुर्खेत । लोकतान्त्रिक खेलकुद संघ चिङ्गाड गाउँपालिकाको अध्यक्षमा शिवराज राना चयन भएका छन्।

आज शुक्रबार चिङ्गाड गाउँपालिकामा खेलकुद गतिविधिको प्रवर्द्धन र खेलाडीहरूको हकहितका लागि क्रियाशील लोकतान्त्रिक खेलकुद संघले नयाँ नेतृत्व चयन गरेको हो।

अध्यक्षमा निर्वाचित रानाले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले निर्वाचनपछि संक्षिप्त प्रतिक्रिया दिँदै भने, “चिङ्गाड गाउँपालिकामा खेल क्षेत्रको विस्तार र खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि काम गर्नेछु। स्थानीय स्तरमा खेल पूर्वाधार निर्माण तथा प्रतियोगिताहरूको आयोजना गर्न पहल गरिनेछ।”

यस्तै, उपाध्यक्षमा बालकृष्ण रोकाय र लक्ष्मी जिसी, सचिवमा भिमराज बस्नेत, सह-सचिवमा रमेश खड्का र कोषाध्यक्षमा ओम भण्डारीलाई चयन गरिएको छ।

यस्तै, सदस्यहरु गोपाल खत्री, महेन्द्र चन्द, प्रकाश चन्द, भगवती जिसी, विष्णु परियार, दुर्ग बहादुर सावद, टोपेन्द्र परियार र हिक्मत चन्द रहेका छन् ।

संघका अनुसार नयाँ कार्यसमितिले स्थानीय खेलकुद क्षेत्रको उत्थानका लागि विभिन्न योजनाहरू अघि बढाउने तयारी गरिरहेको छ।

चिङ्गाड गाउँपालिकामा फुटबल, भलिबल, दौड लगायतका खेलहरू लोकप्रिय छन्।




फेसबुकबाट तपाईको प्रतिक्रिया