सुर्खेत । सुर्खेत महिला जेसिजले बसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । बिहिबार वीरेन्द्रनगर १० बेलघारीमा रहेको मदरसा मदिना माध्यामिक विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा शैक्षिक सामग्रीका लागि शाक्य ट्रेडर्स, हाम्रो पुस्तक पसल, नव बिहानी बुक्स एन्ड अर्डर सप्लायर्स, न्यू प्रभात स्टेसनरी तथा सुर्खेत महिला जेसिजका सदस्यहरूको सहयोग रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सुर्खेत महिला जेसिजका संस्थापक अध्यक्ष जेसी सिमा चन्दले शिक्षा नै समाज परिवर्तनको मूल आधार भएको उल्लेख गर्दै बालबालिकामा लगानी गर्नु नै दीर्घकालीन सामाजिक रूपान्तरणको जग भएको बताइन् । “आज प्रदान गरिएको सानो सहयोगले पनि विद्यार्थीहरूको मनोबल बढाउनेछ र भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्नेछ,” उनले भनिन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमाल बक्सले सुर्खेत महिला जेसिजले विद्यालयप्रति देखाएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा पढाइप्रति थप उत्साह सिर्जना हुने बताए । उनले सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि यस्ता सहयोग अत्यन्त आवश्यक रहेको बताउदै महिला जेसिजको यो पहल प्रशंसनीय रहेको जनाए ।
कार्यक्रमका सभाध्यक्ष तथा सुर्खेत महिला जेसिज वर्ष २०२६ की अध्यक्ष मनु सुनारले महिला जेसिज शिक्षा, सामाजिक उत्तरदायित्व र सामुदायिक विकासमा निरन्तर सक्रिय रहँदै आएको बताइन् । “शिक्षा क्षेत्रमा गरिएको लगानी नै उज्यालो भविष्यको आधार हो, आगामी दिनमा पनि महिला जेसिज यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ,” उनले प्रतिबद्धता व्यक्त गरिन् ।

फ्याक्ट सञ्चार । २०८२ माघ ९ गते बिहिवार