सुर्खेत । दैलेख क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना सुरु गरिएको छ । बिहीबार सम्पन्न भएको निर्वाचनपछि मतपेटिका संकलन गरी बसेको सर्वदलीय बैठकको निर्णयअनुसार आज बिहानदेखि मतगणना प्रक्रिया सुरु गरिएको हो।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतगणना प्रक्रिया पनि व्यवस्थित रूपमा अगाडि बढाइएको निर्वाचन आयोगले जनाएको छ। मतगणना कार्य सुरक्षा व्यवस्थाबीच सम्बन्धित राजनीतिक दलका प्रतिनिधि र पर्यवेक्षकको उपस्थितिमा भइरहेको बताइएको छ।
निर्वाचन आयोगका अनुसार मतगणना कार्य सम्पन्न भएपछि आधिकारिक परिणाम सार्वजनिक गरिनेछ। जिल्लामा सम्पन्न निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको जनाइएको छ।

फ्याक्ट सञ्चार । २०८२ फाल्गुन २२ गते शुक्रवार