ओमानविरुद्ध नेपाल ए लाई ३ विकेट

काठमाडौं । ओमानविरुद्धको बाइल्याटरल सिरिजमा नेपाल ुएु ले ३ विकेट लिन सफल भएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा ओमानले २५ ओभरमा ३ विकेटको क्षतिमा १२२ रन बनाएको हो । ओमानका लागि अहिले मुजिबुर अलि र हशिरले ब्याटिङ गरिरहेका छन् ।

नेपाल ुएु का लागि १३।५ ओभरमा सन्तोष यादवले पहिलो विकेट लिए । उनले कप्तान जतिन्दर सिंहलाई ५८ रनमा आउट गरे । सन्तोषले १७।१ ओभरमा आशिष ओडेडारालाई २७ रनमा आउट गरे ।

शाहाब आलमले १८।५ ओभरमा हमाद मिर्जालाई ५ रनमा आउट गरे । यससँगै नेपालले दोस्रो र तेस्रो विकेट पायो । टस जितेर ओमानले पहिले ब्याटिङ रोजेको हो ।

आगामी एसडब्लूसी लिग–२ का लागि नेपाल आएका ओमान, अमेरिका र स्कटल्यान्ड टिमसँग नेपाल ए टिमले बाइल्याटरल सिरिज खेल्ने तालिका तय भएको छ । जसअन्तर्गत नेपाल र ओमानबीचको प्रतिस्पर्धा जारी छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया