काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन ८०० रुपैयाँले घटेर तीन लाख ५०० कायम भएको छ ।
हिजो मंगलबार सुन तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० कायम भएको छ । पछिल्ला दिनहरूमा सुनकै मूल्य निकै अस्थिर देखिएको छ । मूल्य अस्थिर हुँदा सुन खरिद तथा विक्री गर्नेहरूमा दुविधा हुँदा अहिले सुनचाँदीको व्यापारमा समेत कमी आएको छ ।

फ्याक्ट सञ्चार । २०८३ बैशाख ९ गते बुधवार