चिनियाँ एआई डीपसीक के हो ? अमेरिकामा किन प्रतिबन्ध

चिनियाँ कृत्रिम बुद्धिमत्तामा आधारित च्याटबोट ‘डीपसीक’ एपल प्रयोगकर्ताहरूमाझ छोटो समयमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसलाई अमेरिकी प्रविधि कम्पनीहरूका लागि “जागा हुने घण्टी” भनेका छन्।

यो एआई विकास गर्न प्रयोग गरिने विशाल लर्निङ (सिकाइ) मोडेलहरूलाई सञ्चालन गर्न आवश्यक उन्नत चिपहरूमा चिनियाँ कम्पनीहरूको पहुँचलाई रोक्ने कडा अमेरिकी नियमका बाबजुद भएको हो ।

डिपसिकका संस्थापक लियाङ वेनफेङले ‘उच्च–स्तरीय चिपहरूमा प्रतिबन्ध’ यसको काममा ठूलो बाधा साबित भएको स्वीकार गरे ।

तर, विश्लेषकहरूका अनुसार यी प्रतिबन्धहरूले अमेरिकी प्रविधि प्रभुत्व सुनिश्चित गर्ने लक्ष्य राखे पनि उनीहरूलाई पार गर्न चतुर तरिकाहरू विकास गर्न कम्पनीलाई उत्प्रेरित गरेको हुनसक्

कम्पनीले आफ्नो ठूलो लर्निङ मोडेल सञ्चालन गर्न कम–उन्नत एच८०० चिपहरू प्रयोग गरेको बताएको छ । यी चिपहरू सन् २०२३ को अन्त्यसम्म चीनलाई निर्यात गर्न अनुमति दिइएको थियो ।

‘चिपहरूमा चीनको पहुँचमा प्रतिबन्धले डिपसिक टिमलाई ठूलो कम्प्युट प्रशिक्षण लागत बिना नै प्रतिस्पर्धी हुनसक्ने बढी कुशल मोडेलहरू प्रशिक्षण गर्न बाध्य पार्यो’, जर्ज वासिङ्टन विश्वविद्यालयका जेफ्री डिङले भने ।

उनका अनुसार डिपसिकको सफलताले ‘अन्य देशलाई अग्रणी मोडेलहरू विकास गर्नबाट रोक्न अमेरिकी निर्यात नियन्त्रणहरू अप्रभावकारी छन्’ भन्ने देखाएको छ ।

डिपसिक यस तरिकाले नवप्रवर्तन गर्न बाध्य भएको पहिलो चिनियाँ कम्पनी होइन। प्रविधि दिग्गज हुवावेले अमेरिकी प्रतिबन्धहरूलाई सम्बोधन गर्न आफ्नो व्यवसाय पुनः व्यवस्थित गरेपछि हालका वर्षहरूमा नाफामा फर्किएको छ । तर, सिलिकन भ्याली र वासिङ्टनमा यस्तो आतंक फैलाउने यो पहिलो कम्पनी हो ।


यो एपले के गर्छ ?
डीपसीक आफ्नो शक्तिशाली एआई एसिस्टेन्टका कारण लोकप्रिय बनेको छ र यो च्याट जीपीटी जस्तै गरी सञ्चालन हुन्छ। एप स्टोरमा उल्लेखित विवरण अनुसार यसलाई मानिसहरूका “प्रश्नहरूको जवाफ दिन र प्रभावकारी रूपमा जीवन सहज बनाउन” डिजाइन गरिएको छ।

प्रयोगकर्ताहरूले रेटिङका क्रममा गरेका टिप्पणीमा यसले “लेखन शैलीमा निखार थप्ने” उल्लेख छ। तर यो च्याटबोटले राजनीतिक रूपमा संवेदनशील एउटा प्रश्नको जबाफ दिँदैन।

बीबीसीले सन् १९८९ को जुन ४ मा चीनको तियानआनमेन स्क्वायरमा के भएको थियो भनेर सोधेको प्रश्नमा डीपसीकको जबाफ थियो, “मलाई माफ गर्नुहोला। त्यो प्रश्नको म जबाफ दिन सक्दिनँ। म सहयोगी र हानी रहित जबाफ दिनका लागि डिजाइन गरिएको एआई एसिस्टेन्ट हो।”

उद्यम पूँजीपति मार्क एन्ड्रिसनले यसलाई ‘स्पुतनिक क्षण’ को रूपमा वर्णन गरेका छन्। स्पुतनिक संयुक्त राज्य अमेरिका र यसको प्रमुख भू–राजनीतिक प्रतिद्वन्द्वीबीचको विशाल प्रविधि अन्तरलाई उजागर गर्ने सोभियत उपग्रह प्रक्षेपणको सन्दर्भ हो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया