अन्तरास्ट्रिय धूम्रपान रहित दिवसमा लागु पदार्थ दुर्व्यसन रोकथाम कार्यक्रम

सुर्खेत । अन्तरास्ट्रिय धूम्रपान रहित दिवसको अवसरमा लागु पदार्थ दुर्व्यसन रोकथाम सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

आज शुक्रवार अन्तरास्ट्रिय धूम्रपान रहित दिवसको अवसरमा वीरेन्द्रनगर नगरपालिका वडा न १ ले वडाको लालिगुरास टोलमा लागु पदार्थ दुर्व्यसन रोकथाम सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको हो ।

वीरेन्द्रनगर नगरपालिका १ नं वडा कार्यालयको आयोजनामा सोसेक नेपाल र एईआईएनको सहकार्य र जिल्ला प्रहरी कार्यालय सुर्खेतसङ्गको समन्वयमा यो कार्यक्रम गरिएको हो ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन र लागु औषधमा फस्न बाट जोगाउन यो कार्यक्रमको आयोजना गरिएको वीरेन्द्रनगर नगरपालिका १ नं वडा कार्यालयले जनाएको छ ।

लागु पदार्थ नियन्त्रण गर्न सके समाजमा रहेका हरेक व्यक्तिहरुको भविष्य उज्ज्वल हुने, मानव अधिकारको संरक्षण हुने, समाजमा शान्ति सुव्यवस्था कायम हुने वीरेन्द्रनगर नगरपालिका वडा नं १ का वडा अध्यक्ष दिनेश खत्रीले बताए ।

उनले समाजमा सबै उमेर समूहका मानिसहरु विविध कारणले लागु पदार्थ दुर्व्यसनमा फसेर आफ्नो जीवन, परिवार तथा समग्र समाज र राष्ट्रलाई नै गम्भीर असर पु¥याइरहेकोले यसको नियन्त्रणका लागि सबै जुटनु पर्ने समेत बताए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक निरिक्षक विनोद कार्कीले लागु पदार्थ सेवनको असर, प्रभाव र रोकथामबारे सहजीकरण गर्दै लागु पदार्थले मानसिक, शारीरिक, आर्थिक, पारिवारिक र सामुदायिक रूपमा असर पर्ने जानकारी दिए ।

विकास, पुर्वाधार लगाएतका कुरामा पछाडि परेको टोल भएता पनि लागु औषध दुर्व्यसनीमा यो टोल निकै अगाडी भएकाले यस्ता कार्यक्रमले समुदायमा निकै प्रभावकारी भुमिका खेल्ने लालिगुरास टोल विकास संस्थाका अध्यक्ष नरजित नेपालीको भनाई छ ।

सोसेक नेपालको विहानी परियोजना अन्तरगत सञ्चालन गरिएको यो कार्यक्रममा लालिगुराँस टोलका करिब ५५ जना सहभागिहरु रहेका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया