बझाङ । बझाङमा जिल्ला स्तरीय कृत्रिम घटना अभ्यास गर्दा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको केदारस्युँ गाउँपालिका वडा नँ –७ घर भएका सशस्त्र प्रहरी जवान नरेन्द्र सिंह धामी रहेका छन् ।
सोमबार बिहान बझाङमा नदी बाढी पहिरो र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास गर्दा उनी डुबेर बेहोस भएका बताएको छ ।
लगत्तै उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएका उनलाई अस्पतालले मृत घोषणा गरेको हो ।
फ्याक्ट सञ्चार । २०८१ जेष्ठ २८ गते सोमवार