सुर्खेत । सुर्खेतमा डिजिटल अधिकार र सुरक्षा सम्बनिध अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
आइतबार डिजिटल राइट्स नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको सहकार्यमा कर्णालीका पत्रकारहरुलाई डिजिटल अधिकार सम्बन्धि तालिम दिइएको हो ।
बढ्दो इन्टरनेटको प्रयोग, विधिको प्रयोग सँगसँगै जोखिम पनि बढेकाले त्यसको संवेदनशीलता र सुरक्षाको जानकारीका निम्ति अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको डिजिटल राइट्स नेपालले जनाएको छ ।
डिजिटल अधिकारका विषयसँग जोडिएका सुरक्षाका विषय, हामी कसरी सुरक्षित हुन सक्दछौं भन्ने विषयमा केन्द्रित रहेर तालिम सञ्चालन गरिएको थियो ।
पछिल्लो समय इन्टरनेट नभई नहुने कुरा भइसकेको अवस्थामा यसको प्रयोग कसरी गर्ने, इन्टरनेटको प्रयोगबाट आउने जोखिमबाट सचेत हुन, बच्न पर्ने र त्यसलाई न्युनिकरण गर्न अपनाउने पर्ने सावधानी तथा डिजिटल राईट्ु सेक्युरिटी सम्बन्धि कानुन बुझ्न पर्ने तालिमका प्रशिक्षक अधिवक्ता टंक अर्यालको भनाइ छ ।
सञ्चारकर्मीहरुले प्रविधिको प्रयोगको क्रममा मुख्यतः नागरिक समाजसँग आबद्ध र नागरिकहरुसंग नजिकको सम्बन्ध राख्ने, मानव अधिकारका क्षेत्रमा काम गर्ने भएकाले उनीहरूलाई डिजिटल अधिकारको दायरा के छ भन्ने विषयमा जानकारी दिइएको हो ।
फ्याक्ट सञ्चार । २०८० फाल्गुन ६ गते आइतवार