सुर्खेत । कर्णाली प्रदेशका नवनियूक्त मुख्यमन्त्री यामलाल कंडेलको आज पद तथा गोपनियताको शपथ हुने भएको छ ।
प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारी अनुसार कंडेललाई प्रदेश प्रमुख तिलक परियारले आज दिउँसो ३ बजे पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम रहेको छ ।
कंडेल एमालेका सभामुखसहित १०, माओवादीका १३ र एकिकृत समाजवादीका एक गरी २४ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियूक्त भएका हुन् । कंडेलले आजै पदभार ग्रहण गर्ने जनाइएको छ ।
फ्याक्ट सञ्चार । २०८० चैत्र २८ गते बुधवार