कर्णालीमा सरकार विस्तार, रणसिंह परियारले गरे शपथग्रहण

सुर्खेत । कर्णाली प्रदेश सरकारमा एकजना मन्त्री थपिएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पहिलो पटक मन्त्रीपरिषद् विस्तर गरेका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको दुई साता पछि उनले बुधबार माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन् ।

परियारलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको सपथ गराएका छन्। मन्त्री नियुक्त नहुँदा कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक बस्न सकेको थिएन् ।

सत्ताको नेतृत्व गरिरहेको एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको भागबण्डा मिलेको थिएन्।

मंगलबार दुई दलबीच मन्त्रालय भागबण्डाको कुरो मिले पनि सरकारमा कसलाई पठाउने विषयमा दुबै दलबीच विवाद छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया