सुर्खेत । वीरेन्द्रनगरमा सातौँ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सञ्चालन भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रतियोगितालाई सम्बोधन गर्दै स्वस्थ र समुन्नत नागरिक बनाउन खेलकुद आवश्यक रहेको बताएका छन् ।
खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई समग्र व्यक्तित्व विकासको लागि आवश्यक छ। स्वस्थ जीवनशैली अपनाउन, मानसिक सन्तुलन कायम गर्न र सामाजिक सद्भाव बढाउन समेत खेलकुदको आवश्यकता रहेको मुख्यमन्त्री कँडेलले उल्लेख गरे ।
समाजमा रहेका हरेक युवा एवम् बालबालिकालाई खेलकुदमा जोड्न सके असल नागरिक बनाउने हाम्रो अभियान सफल हुने हुने मुख्यमन्त्री कँडेलको भनाई थियो । खेलकुदले स्वस्थ, अनुशासित र सफल जीवन जिउन सहयोग गर्ने भएकाले शरीरलाई मात्रै होइन, मानसिक र सामाजिक पक्षलाई पनि मजबुत बनाउने भएकाले हरेक व्यक्तिले खेलकुदलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाउनु जरुरी रहेको मुख्यमन्त्री कँडेलले बताए ।
उक्त प्रतियोगिता नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट तीन दिन सम्म सञ्चालन हुनेछ
फ्याक्ट सञ्चार । २०८१ माघ २० गते आइतवार