सुर्खेत–१ मा कांग्रेसका खड्काको अग्रता कायम

सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेत–१ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्काले अग्रता कायम राखेका छन् ।

हालसम्म ७ हजार ८६६ मत गणना हुँदा खड्काले २ हजार ९८८ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका ध्रुवकुमार शाहीले २ हजार २५१ मतसहित पछ्याइरहेका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह १ हजार ८८७ मतसहित तेस्रो स्थानमा रहेका छन् । नेपाली कम्युनिस्ट पार्टीका जीतबहादुर रानाले २८८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रविकिरण हमालले ६९ मत पाएका छन् ।

सुर्खेत–१ मा मतगणना जारी रहेको निर्वाचन अधिकारीहरूले जनाएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया