काठमाडौं। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा (एमाले) ले प्रधानमन्त्रीलाई विभिन्न विषयमा सुझाव प्रस्तुत गरेको छ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमाले महासचिव शंकर पोखरेलसहितका पार्टी नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक सुझावपत्र हस्तान्तरण गरेका छन्।
सुझावपत्रमा एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्गसँग सम्बन्धित संकल्प यात्रामा आधारित अघिल्लो सरकारलाई दिइएका प्रस्तावहरू अझै कार्यान्वयनको प्रक्रियामा नरहेको उल्लेख गरेको छ।
प्रधानमन्त्री ओलीले भने, “विकासका लागि भिजनरी सोच राख्ने एमाले जस्तो पार्टीले दिएका सुझावहरू अत्यन्तै महत्वपूर्ण छन्। यसले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा सघाउनेछ।” उनले पार्टीका केन्द्रीय विभागहरूको रायलाई ध्यानमा राखेर सरकार नीति बनाउने प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।
फ्याक्ट सञ्चार । २०८२ बैशाख ३ गते बुधवार