सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघले नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ। मङ्गलबार संघको कार्यालयमा आयोजित कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले भित्तेपात्रो सार्वजनिक गरेका हुन्।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि भित्तेपात्रो प्रकाशन गरिएको संघले जनाएको छ। अध्यक्ष कँडेलले आगामी कार्यसमितिले पनि यो अभ्यासलाई निरन्तरता दिने विश्वास व्यक्त गरेका छन्।
संघको नयाँ नेतृत्व चयनका लागि वैशाख ६ गते निर्वाचन हुने तय भएको छ। यसपटक अध्यक्षसहित केही पदाधिकारीहरू निर्विरोध निर्वाचित भइसकेका छन्।
फ्याक्ट सञ्चार । २०८२ बैशाख ३ गते बुधवार