सुर्खेत। आइतबार बिहान फोर्स गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएपछि आज वीरेन्द्रनगर तनावग्रस्त भएको छ।
रत्न राजमार्ग अन्तर्गत फोरलेन सडक खण्डमा रेडियो नेपाल नजिक कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको फोर्स गाडीले ठक्कर दिँदा जुम्लाको हिमा गाउँपालिका–६ का अन्दाजी ५५ वर्षीय कालिबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको थियो।
घटना पश्चात नागरिक आक्रोशित बनेका छन् । उनीहरूले लापरवाहीपूर्वक गाडी चलाउने चालकविरुद्ध कारबाहीको माग राख्दै आज वीरेन्द्रनगरमा आन्दोलन गरिरहेका छन्।
घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको प्रहरीले जनाएको छ।
फ्याक्ट सञ्चार । २०८२ बैशाख ८ गते सोमवार