आज सुन ५ हजार ३ सयले महँगियो

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य मंगलबार आकाशिएको छ। सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५५ रुपैयाँले बढेर १ हजार ९ सय ६५ रुपैयाँ पुगेको छ।

सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुने भएकाले दैनिक उतारचढाव हुने गर्दछ। मूल्य वृद्धिले उपभोक्तामाथि आर्थिक भार पर्ने देखिन्छ भने व्यवसायीहरूका लागि भने फाइदाजनक बन्ने अनुमान गरिएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया