काठमाडौं । स्थानिय तहले आवासिय विद्यालय खोल्न पाउने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिमा उपसमितिले पेस गरेको विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा स्थानिय तहले आवासीय विद्यालय खोल्न सक्ने प्रावधान राखिएको छ।
स्थानिय तहले विद्यालय स्थापना र सञ्चालन गर्दा स्थानीय आवश्यकताको विश्लेषण र स्रोतको सुनिश्चतता गरी आवासीय विद्यालय विद्यालयसमेत स्थापना र सञ्चालन गर्न सक्नेछ,’प्रतिवेदनमा भनिएको छ ।
यसैगरी विदेशी व्यक्ति, संस्था, स्थान वा विदेशीपन झल्कने गरी विद्यालयको नाम राखिएको भए त्यस्ता नाम परिवर्तन पनि गर्नुपर्नेछ । उपसमितिले तीन वर्ष भित्र नेपालीपन झल्कने गरी विद्यालयको नाम परिवर्तन गर्नुपर्ने व्यवस्था राखेको छ ।
विद्यालयको नामाकरण वा नाम परिवर्तन गर्दा नेपालको प्राकृतिक, सांस्कृतिक स्थान, व्यक्ति वा स्मारकको नाम झल्कने गरी राख्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । उपसमितिले आइतबार समितिलाई प्रतिवेदन बुझाइसकेको छ ।
फ्याक्ट सञ्चार । २०८२ जेष्ठ ६ गते सोमवार