जाजरकोटमा कांग्रेसका खड्कबहादुर बुढाको सुरुवाती अग्रता

सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जाजरकोटमा नेपाली कांग्रेसका खड्कबहादुर बुढाले सुरुवाती अग्रता लिएका छन् । हालसम्मको मतगणना अनुसार बुढाले १ हजार १४१ मत प्राप्त गर्दै अग्रस्थान कायम गरेका हुन् ।

उनलाई नेकपा एमालेका डम्बरबहादुर सिंहले ३८१ मतसहित पछ्याइरहेका छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टीका शक्तिबहादुर बस्नेत २२३ मतसहित तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका राघव कार्कीले ४१ मत प्राप्त गरेका छन् ।

मतगणना जारी रहेकाले आगामी परिणामसँगै मतान्तरमा थप परिवर्तन आउन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया