कैलालीको जंगलमा अनुमति बिना बसेका १५० विदेशी नागरिकलाई प्रशासनको चेतावनी

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा अनुमति बिना बसेका १५ देशका १५० भन्दा बढी विदेशी नागरिकलाई २४ घण्टाभित्र क्षेत्र छाड्न प्रशासनले निर्देशन दिएको छ।

‘रेन्बो फेमिली ग्यादरिङ’ नाम दिएर एक हप्तादेखि जंगलमा बसेका भारत, चीन, अमेरिका लगायतका देशका ती नागरिकहरू अर्धनग्न हुने, अस्वाभाविक गतिविधि देखाउने जस्ता कार्यमा संलग्न रहेको स्थानीयको गुनासो रहेको छ।

स्थानीय प्रशासनका अनुसार नेपाल सरकारका कुनै पनि निकायबाट अनुमति नलिई उनीहरू वन क्षेत्रमा बसेका थिए। यसअघि यो समूह अछामको रामारोशन क्षेत्रमा समेत पुगेको बुझिएको छ।

स्थलगत निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले उनीहरूलाई तुरुन्त क्षेत्र खाली गर्न निर्देशन दिएका छन्। प्रशासनको निर्देशन नमाने कानुनी कारबाही अघि बढाइने बताइएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया