लगातार दोस्रो दिन शेयर बजारमा वृद्धि, नेप्से २,७०० विन्दु नजिक

forex trading stock market background with chart diagram vector

काठमाडौँ। शेयर बजार लगातार दोस्रो दिन वृद्धि भएको छ। मंगलबार २७ अंकले उकालो लागेको नेप्से परिसूचक बुधबार फेरि ७.०१ अंकले बढ्दै २,६९६.२३ विन्दुमा पुगेको हो।

आज फाइनान्स, होटल, लगानी, उत्पादन, माइक्रोफाइनान्स र अन्य समूहबाहेक सबै क्षेत्रका सूचक सकारात्मक देखिए। विशेषगरी, जलविद्युत् समूहको सूचक १.६३ प्रतिशत र विकास बैंक समूहको सूचक १.११ प्रतिशतले बढेको छ।

बजारमा आज कर्पोरेट विकास बैंक, बलेफी हाइड्रोपावर, नेपाल माइक्रो इन्सुरेन्स, र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीका शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ। तर, समग्र बजारमा सुधार भए पनि गुँरास लघुवित्त कम्पनीको शेयरमा सबैभन्दा बढी, ५.५ प्रतिशतको गिरावट आएको छ।

यद्यपि नेप्से सूचक बढे पनि कारोबार रकम घटेको देखिएको छ। मंगलबार ८ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको थियो भने आज ३२९ कम्पनीका १ करोड ६६ लाख कित्ता शेयर मात्र किनबेच हुँदै कुल कारोबार ७ अर्ब २६ करोड रुपैयाँमा सीमित भएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया