सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई आज बुधबार प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् ।
नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल मंगलबार नेपालको संविधानको धारा १६८ को उपधार २ बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । उनले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्रीको शपथ लिएका हुन् ।
मुख्यमन्त्री कँडेलले आज प्रदेश प्रमुखबाट पद तथा गोपनियताको सपथ लिएसँगै केही समयमा मुख्यमन्त्रीको पदभार ग्रहण गर्ने कार्यतालिका रहेको छ । उनलाई नेकपा माओवादी र एकीकृत समाजवादीको समर्थनले समर्थन गरेको छ ।
फ्याक्ट सञ्चार । २०८० चैत्र २८ गते बुधवार