कर्णाली प्रदेश खेलकुद विकास परिषद्‍को सदस्य सचिवमा चन्द नियुक्त

सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा रवीन्द्र चन्द नियुक्त भएका छन् ।

कर्णाली प्रदेश सरकारको बिहीबार बिहान ८ बजे बसेको मन्त्रिपरिषद् बैठकले चन्दलाई परिषद्को सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेश खेलकुद विकास परिषद् १६ महिना देखि नेतृत्वविहीन रहँदै आएको थियो । लामो समयसम्म परिषद्को नेतृत्व खाली रहँदा प्रदेशमा खेलकुद गतिविधि प्रभावित हुँदै आएको थियो ।

प्रदेश सरकारका प्रवक्ता भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहका अनुसार बैठकले परिषद्को नेतृत्वलाई पूर्णता दिने क्रममा उपाध्यक्षमा प्रमोद हमाललाई नियुक्त गरेको छ ।

यस्तै, सदस्यहरूमा पंखबहादुर मल्ल, भीमकुमारी भुसाल, गोर्खबहादुर शाही, पवनकुमार थापा र किरणकिशोर सापकोटालाई मनोनयन गरेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया