अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम

सुर्खेत । सुर्खेतमा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरिएको छ ।

महिला तथा किशोर किशोरी समुह वीरेन्द्रनगर वडा न. १ र २ को आयोजना वीरेन्द्रनगर नगरपालिका वडा न १ र २ वडा कार्यलय र पब्लीक एकेडेमीको समन्वय तथा युनिसेफ, आवाज, बाल विवाह विरुद्धको साझा अभियान संजाल कर्णाली प्रदेश र फेडोको आर्थिक सहयोगमा वीरेन्द्रनगर नगरपालिका वडा न १ र २ ¥यालीसँगै सांस्कृतिक तथा खेलकुद कार्यक्रम प्रस्तुत गरिएको हो ।

वडा न १ र २ मा रहेका आमा समुह, महिला तथा बालबालिका गरेर करिब ५ सय जनाको सहभागिता रहेको थियो ।
बिहान १० बजे ¥याली निकालेर वडा न १ र २ परिकर्मा गरि १२ बजे पब्लीक एकेडेमीमा कोणसभा गरि अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो ।

कार्यक्रममा ३ प्रकारका खेलहरु खेलाइएको थियो । जस अन्तरगत सिक्का खोज्ने, बेलुन फुटाउने, तातो आलु लगाएतको खेल खेलाएर श्रेणी अनुसार पुरस्कार समेत प्रदान गरिएको थियो । साथै विभिन्न खालका सांस्कृतिक प्रस्तुति पनि रहेको थियो ।

कार्यक्रममा बोल्दै आवाज संस्थाकी कार्यकारी निर्देशक पवित्रा शाहील सामाजिक न्याय र लैंगिक समानता दिगो विकासको सुनिश्चितताको साथ अग्रसर हुनु पर्ने बताइन् । महिलाहरु अहिले पछाडिको दिन बिर्सेर महिलाबाट महिलालाई सहयोग गर्नु पर्ने उनले थपिन् । उनले साथै आफ्नो अधिकारका लागि खोलेर बोल्न सक्नु नै महिला दिवसको असल मतलब हुने बताइन् ।

यस्तै, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले महिला दिवसमा गरेका यस्ता कार्यक्रमल समाज परिवर्तन तर्फ जाने बिश्वास व्यक्त गर्नुको साथै एक आपसमा सद्भाव वृद्धि हुने पनि बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया