काठमाडौँ । आधारभूत तालिम पुरा गरेर नेपाल प्रहरीका १४९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन् । दीक्षित हुनेमा १८ जना महिला र १३१ जना पुरुष छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार आयोजित दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरे ।
प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमारा परियार प्रथम, सगुन खड्का द्वितीय र आयुष ढुंगानाले तृतीय पुरस्कार प्राप्त गरेका छन् ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास सँगै नयाँ सुरक्षा चुनौती थपिएको बताए ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पास आउट भएर कार्यक्षेत्रमा जान लागेका इन्स्पेक्टरहरुले इमान्दार र व्यवसायीक भएर जिम्मेवारी निर्वाह गर्नेमा आफू विश्वस्त भएको बताए ।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले निलो बर्दिमा राजइको कानुनी अधिकारी गाँसिएको बताए ।
फ्याक्ट सञ्चार । २०८१ जेष्ठ ११ गते शुक्रवार