सुर्खेतमा भोलि र पर्सि “प्रथम कर्णाली सांस्कृतिक सम्मेलन-२०८१” हुँदै

सुर्खेत । सुर्खेतमा भोलि र पर्सि पहिलो पटक “प्रथम कर्णाली सांस्कृतिक सम्मेलन-२०८१” हुने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कर्णाली प्रदेश र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजनामा “प्रथम कर्णाली सांस्कृतिक सम्मेलन-२०८१” हुन लागेको हो ।

कर्णालीका मौलिक कला, वैभव कर्णाली सभ्यता, संस्कृति संरक्षण सम्बर्द्धन गर्ने साथै वीरेन्द्रनगर नगरपालिकाको स्थानिय पाठ्यक्रममा कर्णाली संस्कृति समावेश गर्न विषयवस्तु संकलन गर्ने उद्देश्यले पहिलो पटक यो कार्यक्रम हुन लागेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कर्णाली प्रदेशकी अध्यक्ष हरिमाया कार्कीले जानकारी दिईन्।

सांस्कृतिक सम्मेलन असार १३ र १४ गत्ते मध्यपश्चिम विश्वविद्यालय केन्द्रिय कार्यालयको सभाहलमा हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा विभिन्न सेशनहरु संचालन गरेर सम्बन्धित विषय विज्ञसँग अन्तरक्रिया कार्यक्रम गरि कर्णालीको सांस्कृतिक दस्तावेज समेत तयार पारिनेछ ।

कार्यक्रममा हुने सेशनहरु :-
१) प्राकृत नेपाली भाषा र कर्णाली सभ्यता
२) कर्णालीको संस्कृती कति छ, कति छैन
३) कर्णालीको संस्कृती नेपालमा र नेपालको संस्कृती विश्वमा




फेसबुकबाट तपाईको प्रतिक्रिया