प्रधानमन्त्री ओलीसँग साँझ भेट्दै शिक्षक महासंघ, आन्दोलनका मुद्दा राख्ने तयारी

काठमाडौं । लामो समयदेखि आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधि आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने भएका छन्।

महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार प्रधानमन्त्रीसँग साँझ ७ बजे भेटको समय तय भएको छ। “हाम्रो माग र मुद्दाबारे प्रधानमन्त्रीलाई प्रत्यक्ष जानकारी गराउने छौं,” थापाले बताए।

प्रधानमन्त्रीसँगको भेटअघि महासंघका नेताहरूबीच आन्तरिक छलफल जारी छ। “आन्दोलनको समीक्षा र प्रधानमन्त्रीसमक्ष उठाउने विषयमा अन्तिम तयारी गर्न बैठक बसिरहेका छौं,” महासचिव थापाले भनिन्।

२० चैतदेखि काठमाडौंमा जारी आन्दोलनको नेतृत्व गरिरहेको महासंघ र शिक्षा मन्त्रालयबीच संवाद जारी रहे पनि हालसम्म ठोस सहमति जुट्न सकेको छैन। महासंघले मन्त्रिपरिषद् वा मन्त्रालयले उचित निर्णय गरेमा आन्दोलनको स्वरूप परिमार्जन गर्न सकिने संकेत दिएको छ।

यसैबीच, शिक्षकहरूको मागअनुसार विद्यालय शिक्षा विधेयकलाई केन्द्रमा राखेर सरकारले १२ वैशाखमा संसदको वर्षे अधिवेशन बोलाइसकेको छ। तर, शिक्षकहरू भने अझै पूर्ण रूपमा आश्वस्त छैनन्।




फेसबुकबाट तपाईको प्रतिक्रिया