झलनाथ खनालकी श्रीमती चित्रकारको उपचारकाे क्रममा मृत्यु

काठमाडाै‌ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल श्रीमती रविलक्ष्मी चित्रकारको जलेर मृत्यु भएको छ ।

प्रदर्शनकारीले डल्लुस्थित घरमा आगो लगाउँदा गम्भीर घाइते भएकी चित्रकारको उपचारका क्रममा कीर्तिपुरस्थित जलन अस्पतालमा निधन भएको पार्टी नेतृ दिलु पन्तले जानकारी दिइन् ।

घटनापछि गम्भीर घाइते भएकी चित्रकारलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार शुरू गरिएको र थप उपचारका लागि कीर्तिपुर लगिएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया