सुर्खेत । कर्णाली प्रदेश सरकारका चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिन लागेका छन् ।
नेपाली कांग्रेसको तर्फबाट सहभागी हुने चार मन्त्रीले दिउँसो २ बजे प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिने भएका हुन् ।
नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ खुवाउने छन् । मुख्यमन्त्री यामलाल कँडेलले शपथका लागि मन्त्रीहरूको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेका छन् ।
सरकारमा सहभागी हुनेमा आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह, सामाजिक विकासमन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा विजया बुढा छन् ।
नवनियुक्त मन्त्रीहरूले शपथपछि आजै पदभार ग्रहण गर्ने छन् ।
फ्याक्ट सञ्चार । २०८१ साउन २० गते आइतवार