न्यु एयर इभमा चर्चित गायिका शान्तिश्री परियार सिद्धार्थमा आउँदै

सुर्खेत । अङ्ग्रेजी नया बर्ष २०२५ लाई स्वागत गर्न चर्चित गायिका शान्तिश्री परियार सिद्धार्थमा आउँदै छिन् ।

नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका परियार न्यु एयर इभमा आफ्नो सांस्कृतिक प्रस्तुति दिन सुर्खेतको सिद्धार्थ होटेलमा आउने भएकी हुन् ।

उक्त कार्यक्रममा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने होटेलले जनाएको छ ।

गायिका परियारले निकै भाइरल भएका गीतहरू अरेली काँडैले मलाई च्वास्सै च्वास्सै, गोर्खे खुकुरी, सोल्टी बजारमा, बन्दी पुरैमा, गलबन्दी, ढुङ्गेधारैको, घर कता हो बहिनीको भन्ने लगायत दर्जनौं बढी गितहरुमा आवाज दिएकी छिन् ।

यस कार्यक्रमलाई सुरुवात गर्नको लागि काठमाडौंबाट ओपनिङ ब्यान्ड “स्पर्श ब्यान्ड” र समापन गर्न सुर्खेत बासीलाई नचाउनको लागि लेडिज डिजे पिज्जाको प्रस्तुति रहनेछ ।

कुमार शमशेर थापाले कार्यक्रमको संचालन गर्नेछन् ।

यसैगरी सिद्धार्थ होटेलले अङ्ग्रेजी नयां वर्षको अवसरमा आकर्षक छुट सहितका विभिन्न प्याकेजको व्यवस्था मिलाएको छ।

कार्यक्रमका लागि प्रतिव्यक्ति १ हजार ५०० र बच्चाको हकमा भने प्रतीव्यक्ति १ हजार रकमको टिकट रहेको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया