वीरेन्द्रनगरमा पाँच दिने चलचित्र शृङ्गार प्रशिक्षण तालिम सुरु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा पाँच दिने चलचित्र शृङ्गार प्रशिक्षण तालिम सुरु भएको छ । चलचित्र विकास बोर्डले कार्यक्रमलाई आयोजना गरेको थियो । कर्णालीमा पनि शृङ्गार गर्ने प्राविधक उत्पादन गर्ने उद्देश्यले कार्यशाला गरिएको चलचित्र विकास बोर्डका सदस्य राजु केसीले बताए ।

कर्णाली प्रदेशमा पनि धेरै म्युजिक भिडियो तथा चलचित्र बन्ने गरेकोले यहाँ चलचित्रका लागि चाहिने प्राविधिकहरूको कमी भएकोले शृङ्गारका प्राविधिक उत्पादन गर्ने उद्देश्यले हामीले पाँच दिने शृङ्गार कार्यशाला गरेको सदस्य केसीले बताए ।

यस्तै स्थानीय तहमा उत्पादन हुने म्युजिक भिडियो तथा चलचित्रका लागि आवश्यक पर्ने मेकअप आर्टिस्ट उत्पादन गर्नुपर्ने वरिष्ठ रङ्गकर्मी प्रेमदेव गिरिले बताए ।

सुर्खेतका कलाकार यामनारायण आचार्यले कर्णालीलाई चलचित्र क्षेत्रमा अगाडी शृङ्गारको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै अबका दिनमा चलचित्र उत्पादन हुँदा तालिमबाट उत्पादित स्थानीय शृङ्गार प्राविधिकले नै शृङ्गारको काम गर्नेमा विश्वस्त रहेको बताए । पाँच दिने शृङ्गार प्रशिक्षण तालिम नेपाली चलचित्र क्षेत्रका चर्चित शृङ्गारकर्ता सन्तु तामाङले दिने भएका हुन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया