सुर्खेत–२ मा मतगणना रोचक : राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि

सुर्खेत । सुर्खेत–२ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा सुरुवातमा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश सापकोटाले १ हजार ६६५ मत प्राप्त गर्दै अग्रस्थानमा पुगेका छन् । उनलाई नेकपा एमालेका कुलमणि देवकोटाले १ हजार ५९८ मतसहित पछ्याइरहेका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसका नारायण कोइरालाले १ हजार २९३ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले ८६६ मत ल्याएका छन् । आगामी परिणामसँगै प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया