नागरिकहरुको नि:शुल्क दाँत, मुख र गिजाको उपचार गर्दै बराहताल

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाका सबै नागरिकहरुले नि:शुल्क दाँत, मुख र गिजाको उपचार गर्न पाउने भएका छन् ।

पछिल्लो समय दन्त रोगहरुको संक्रमन बढ्न थालेको भन्दै बराहताल गाउँपालिकाले पालिकाका १० ओटै वडाका सबै नागरिकहरुलाई नि:शुल्क दाँत, मुख र गिजाको चेकजाँच र उपचार शिविर सञ्चालन गरेको छ ।

खानपिन, स्वास्थ तथा सौन्दर्यको मेरुदण्डको रुपमा दात रहेको बताउदै आफ्ना नागरिकहरुको स्वास्थको ख्याल गर्दै उनीहरुको सहजताको लागि यो शिविर सन्चालन गरिएको बराहताल गाउँपालिकाका अध्यक्ष भिम बहादुर भण्डारीले बताए ।

उनले पालिका भित्र भौगोलिक विकटता, आर्थिक अवस्था साथै बालबालिका, महिला, बृद्धअवस्थाका सबै नागरिकहरुको पहुँचमा दात उपचार सम्भव नभएका कारण दातको समस्याबाट गुज्रिन नपरोस् भनेर आगनमै सेवा लिन पाउने व्यवस्था मिलाएको समेत बताए ।

बराहताल गाउँपालिका भरी पाँचदिन सम्म संचालन हुने दात उपचार शिविरको आज पहिलो दिन रानीघाटमा दुईवटा वडाका २ सय ५० बढी नागरिकले सेवा लिएका छन् ।

शिविरमा दाँत, मुख र गिजाको सवै खाले समस्याको भएका नागरिकहरुले नि: शुल्क सेवा लिरहेका छन् । दात हाल्ने, झिक्ले, भर्ने लगाएतका दात सम्बन्धि सम्पुर्ण समस्याको उपचार गर्न पाईने भएको छ ।

आज देखि सुरुवात भएको पाँचदिन सम्म संचालन हुने शिविर बराहताल गाउँपालिका भित्र सबैलाई पहुँच पर्ने ठाउँहरु रानिघाट, तरंगा, कुनाथरी,बढ्ढीचौर, ब्युरेनी र लेकगाउमा सन्चालन हुनेछ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया