नेपाल लोकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेश समितिका पदाधिकारीले गरे सपथ ग्रहन

सुर्खेत । नेपाल लोकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेश समितिका पदाधिकारीहरुले सपथ ग्रहन गरेका छन्।

नेपाल लोकतान्त्रिक खेलकुद संघ, कर्णाली प्रदेश संयोजक हरि विष्टको संयोजकत्वमा २७ सदस्यीय प्रदेश कार्य समिति चयन भईसकेको थियो । उक्त कार्यसमिति सदस्यहरुले पद तथा सपथ ग्रहन गरेका हुन् ।

पदाधिकारीहरुलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ, कर्णाली प्रदेश संयोजक हरि विष्टले शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहन गराएका हुन् ।

समितिमा भलिबल, तेक्वान्दो, ब्याडमिन्टन, बक्सिङ्ग, उसु, कराते, किक बक्सिङ्ग, कबड्डी, एथ्लेटिक्स, फुटबल, क्रिकेट, लङ्गजम्प लगाएत खेलमा संलग्न कर्णालीका १० ओटै जिल्लाका खेलाडीहरु रहेका छन् ।

कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णालीमा खेलकुदको सम्भावना धेरै भएपनि खेलाडी उत्पादनमा लगानी न्यून भएको बताए।

उनले न्यून लगानी हुँदा पनि कर्णालीका खेलाडीहरुले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पुरस्कार प्राप्त गरेको बताए।

उनले दशौं राष्ट्रिय प्रतियोगीताका लागि १६ करोड बजेट आवश्यक पर्ने र सो बजेट उपलब्ध गराइदिनका लागि संघीय सरकारलाई अनुरोध गरेर पठाइएको बताए।

कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघका कर्णाली प्रदेश संयोजक हरि विष्टले दशौं राष्ट्रिय प्रतियोगिता कर्णालीमा आयोजना हुनु महत्त्वपूर्ण उपलब्धि भएकाले यसको सफलताका लागि आफूहरू क्रियाशील रहने बताए।

उनले खेल र खेलाडीहरुका लागि आफु सधैं लागिपरेरहने समेत बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया