प्रेममा पर्दा देखिने लक्षणहरू क्लासिक मात्र होइन, अनौठा वा फरक पनि हुन सक्छन्। प्रेमको विषयमा धेरै किसिमको परिभाषा र व्याख्या सुन्न पाइन्छ। तर, कहिलेकाहीँ केही मानिसहरु आफू प्रेममा परेको हो वा होइन भन्ने छुट्याउन सक्दैनन् ।
वास्तविक प्रेममा पर्दा केही संकेतहरु तपाईंमा देखिन थालेको हुन्छ। विपरीत लिङ्गीप्रतिको आकर्षणमा पनि यस्ता केही संकेत देखिने हुनाले त्यसलाई बुझ्न भने केही कठिन हुन्छ।
यहाँ साँच्चै नै प्रेममा परेको हो वा होइन भनेर थाहा पाउने केही तरिका उल्लेख गरिएको छ । असामान्य तर रोचक लक्षणहरू छन्:
१. आफ्नोभन्दा बढी ख्याल राख्नु
तपाईं आफ्नोभन्दा धेरै अरुको बारेमा सोच्न वा चिन्ता गर्न थाल्नुभयो भने त्यसलाई प्रेममा परेको भन्न सकिन्छ।
जब तपाइँ कसैसँग प्रेममा हुनुहुन्छ, तपाइँ साँच्चै उसको बारेमा चिन्ता गर्न थाल्नुहुन्छ। तपाईंको अगाडि उसको बारेमा नराम्रो भनेको पनि तपाईंले सुन्न सक्नुहुन्न। यो पनि प्रेमको लक्षण हो।
२. यादमा हराउनु
तपाई कसैको प्रेममा पर्नुभएको छ भने तपाईं उसैको यादमा हराउन थाल्नुहुन्छ। तपाईं उसले भनेका कुराहरुको नक्कल गर्न थाल्नुहुन्छ। तपाईंलाई आफूले गर्न लागेको कुनै पनि काममा उसको याद आउँछ। तपाईँलाई अरु कसैसँग कुरा गर्दा पनि उसको बारेमा भन्न मन लाग्छ।
३. सथीसँग उसको तारिफ गर्नु
प्रेममा परेपछि तपाई्रंलाई उसको प्रशंसा गर्न मन लाग्छ। साथीहरुसँग कुरा गर्दा तपाईं ऊप्रतिको आफ्नो भावना व्यक्त गर्नुहुन्छ। साथै ऊसँग रहँदाको आफ्नो अनुभव सुनाउनुहुन्छ, जसबाट पनि उनीहरुले तपाईं प्रेममा हुनुहुन्छ भनेर भन्न सक्छन्।
४. गीत सुन्न रुचाउनु
प्रेममा परेपछि मानिसहरु धेरै गीत सुन्न थाल्छन्। उनीहरूलाई प्रेम गीतहरू सुन्न मनपर्छ, जसले उनीहरूलाई आरामको अनुभूति दिन्छ। जब तपाइँ कसैसँग प्रेममा हुनुहुन्छ भने तपाइँ प्रायः रोमान्टिक गीतहरू सुन्न मनपर्छ।
५. समयको महसुस हराउने
उससँग कुरा गर्दा वा ऊबारे सोच्दा घण्टौं बितेको पत्तै नहुने। पढ्न, काम गर्न बस्दा पनि ध्यान केन्द्रित गर्न गाह्रो हुने।
६. बानीमा अप्रत्याशित परिवर्तन
अघिसम्म मन नपरेको संगीत सुन्ने, ऊ मन पराउने सिरिज हेर्न थाल्ने। लेख्न नजान्नेले कविताहरू लेख्न थाल्ने, चित्र बनाउन नजान्नेले स्केच कोर्ने।
७. नाम र आवाजले स्ट्रेस बढाउने/घटाउने
अरू कसैले पनि उसको नाम लिँदा झसङ्ग हुने। ऊसँग फोनमा कुरा गर्दा मुड तुरुन्तै राम्रो हुने।
८. अचानक दार्शनिक हुने प्रवृत्ति
प्रेम, जीवन, ब्रह्माण्डबारे गहिरा सोचहरू आउन थाल्ने। आफ्नै प्रेम कहानीलाई फिल्म जस्तो कल्पना गर्ने।
९. अजीब किसिमका संयोगहरू महसुस गर्ने
ऊ भएको ठाउँमा बारम्बार पुग्ने (चाहे अनजानेमा होस्)। उसले मन पराएको रंगका कपडा बढी लगाउन थाल्ने। जता गए पनि उसकै नाम वा संकेतजस्तो केही देख्ने।
१०. झिनामसिना कुराले अतिनै प्रभाव पार्ने
ऊ राम्रोसँग बोल्यो भने पूरा दिन राम्रो लाग्ने। रिप्लाइ ढिलो गर्यो भने दिनभरि बेचैन हुने। एउटै इमोजीले पनि “के सोचेर पठायो होला?” भनेर गहिरो अर्थ खोज्ने।
फ्याक्ट सञ्चार । २०८१ माघ २७ गते आइतवार